संसारकै उत्कृष्ट संविधान भए पनि जनताले प्रतिफल हासिल गर्न नसकेको डा. लोहनीको गुनासो

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक इतिहासमा भएका परिवर्तनले राजनीतिक विकास भए पनि विकासका लागि राजनीति हुन नसकेको बताएका छन् ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले  उनले देशको संविधान संसारकै उत्कृष्ट भए पनि त्यसअनुसार जनताले प्रतिफल हासिल गर्न नसकेको बताए । ‘नेपालको संविधानमा नभएका अधिकार अरु कुनै संविधानमा छैन,’ उनले भने, ‘संसारका उत्कृष्ट संविधान बनायौं भनेर घोषणा गयौ ।

राजनीतिक विकास त भयो तर विकासका लागि राजनीति भएन ।’प्रजातन्त्रको नाममा देशलाई एउटा बिर्ता सम्झिएर भागवण्डा हुन्छ भने देशमा ध्रुवीकरण बढाउने उनको भनाइ छ ।
उनले अहिले देश कठिन अवस्थामा भएकै कारण जनताले राप्रपाको आवश्यकतालाई महसुस गर्न थालेको पनि बताए ।

जब राजनीति विकासका लागि हुँदैन, त्यो बेलामा समाजमा ध्रुवीकरण र वैमनश्य बढ्ने उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *