राष्ट्रिय हितका मुद्दामा सबै दल एक हुनु आवश्यक-प्रधानमन्त्री देउवा

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताएका छन् ।

आज काठमाडौंमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले राष्ट्रियताका मुद्दामा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि जानुपर्ने बताए ।

‘राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नै छैन’, प्रधानमन्त्री देउवाले भने। प्रधानमन्त्री देउवाले महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *