वाग्मती प्रदेशको संसदीय दलको नेतामा शाक्य

 ग्लोवल टि.भी.      बुधबार, पुस १५, २०७७      0

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

यसअघि, समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो। शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन्।

डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएकी थिइन्।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।

नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित पुस १० गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उनीहरूले अष्टलक्ष्मी  शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *