अब पार्टी मन,वचन र कर्मले एक भएको छ-कमल थापा

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् ।

आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताए । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए ।

उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे । महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *