केपी ओली संसद र कम्युनिस्टको हत्यारा हुन-नेता चौधरी

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी वली ससंद र कम्युनिस्टको हत्यारा भएको वताएका छन ।

पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले दुईदुई पटक ससंदको विघटन गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले केपी वली ससंद र कम्युनिस्ट पार्टीको हत्यारा भएको आरोप लगाए ।

उनले २००६ सालमा ४ जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसगँ मिलेर वलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा केपी वली कम्पनीले मत माग्ने अधिकार समेत गुमाएको वताए । जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने वली कम्पनीले आगामि निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउछौ भनेर भोट माग्न आउलान त उनले प्रश्न गरे ।

वली कम्पनीले चुनाव चिन्हले पहिलो पाटी वन्ने सपना सपनामै सिमित हुने बताए । चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भ किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत उनले प्रश्न गरे ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *