अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी हुन् । लिङ्देनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दा रेखा उनको पक्षमा खुलेकी थिइन् ।

राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् । उनले भनिन्, अब जुनसुकै पार्टीमा पनि युवाको सहभागिताको खाँचो छ । परिवर्तन हुनुपर्छ भन्ने अनि आफ्नै पार्टीको नेतृत्वमा नजाने प्रवृत्ति अन्त्य हुनुपर्छ । नेतृत्वदायी भूमिकामा युवाको सहभागिताका लागि मैले उम्मेदवारी दिएकी हुँ ।

रेखासँगै महामन्त्रीका लागि कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेदवारी घोषणा गरेकी छन् । राप्रपा महाधिवेशन बुधबारबाट सुरु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *