राप्रपा महाधिवेशन- बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् ।

यसलगत्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने वताइएको छ ।
महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।

सोहीअनुसार उमेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिनेछ । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।
महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनीत गर्नेछ । यही मंसिर १५ देखि भृकुटीमन्डपमा सुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *