कांग्रेस वाग्मती प्रदेश सभापतिमा उम्मेदवारी दिँदै बानियाँ

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश अधिवेशनमा प्रदेश सभापति पदको उम्मेदवार बन्ने बताएका छन् ।

कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन उनले बताए ।

आज अर्थात मंसिर १६ र १७ गते हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफु वलियो उम्मेद्वार रहेको वताएका छन् ।

उनले आफुले मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको बताए ।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रंतिनिधिसभा एवम् प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई हराउँदै विजयी भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *