ग्लोबल टिभि
0
नेपाली कांग्रेसको आसन्न १४ औं महाँधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदश्य तथा युवा नेता श्यामकुमार घिमिरेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले खस आर्य तर्फको केन्द्रिय सदश्यमा उम्मेद्वारी दिने भएका हुन् । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य समेत रहेका घिमिरे पार्टीलाई विधि र प्रक्रिया अनुरुप चलाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।
‘लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको निर्माण संगै अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखीकरण तथा राजनीतिक र सैद्धान्तिक बहस गर्दै युग सुहाउँदो संगठन निर्माणलाई जोड दिएर अघि बढ्ने योजना रहेको घिमिरेले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
Post Views: 1,432
Leave a Reply