राप्रपामा विधान संशोधन भएको छ केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने गरी विधान संशोधन भएको छ ।
बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइनेगरी विधान संशोधन गरेको विधान संशोधन तथा सुझाव समितिका सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।
संशोधन भएको विधान अनुसार अब जुनसुकै तहको अध्यक्ष पदमा लगातार दुईकार्यकाल भन्दा बढी बस्न पाइँदैन । यस्तै बुधबार बेलुकाको बन्दसत्रले पार्टीमा बहुमतको निर्णय पारित हुने र फरक विचार पनि राख्न पाइने निर्णय पनि गरेको पाण्डेले जानकारी दिए ।
उनले भने,‘बहुमतको निर्णय मानिनेछ, तर फरक विचार राख्न पनि पाइन्छ वा नोट अफ डिसेन्ट लेख्ने अधिकार खुला राखिएको छ।’
राप्रपाको बन्दसत्र जारी छ। अहिले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस गर्ने तथा छलफल गर्ने क्रम चलिरहेको छ । बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया आजै दिउँसो २ बजेदेखि गर्नेगरी राप्रपा निर्वाचन समितिले कार्यतालिका बनाएको छ ।
Leave a Reply