१६ जिल्लाको कांग्रेस अधिवेशन स्थगित, महाधिवेशनपछि मिति तोकिने

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन हुन बांकी क्षेत्रमा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ ।

आज बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन हुन बांकी रहेका जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

१४ औं महाधिवेशनपछि समितिले निर्धारण गरेको नयाँ तालिकामा जिल्ला अधिवेशन हुने बताइएको छ । आजबाट देशभर कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदैछ ।

हालसम्म ६१ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा १६ वटा जिल्लामा अधिवेशन हुन नसकेको कांग्रेस महाधिवेशन निर्वाचन समितिका सचिव जगननाथ श्रेष्ठले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *