एकिकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी हो-नेता चौधरी

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे दावी गरेका छन ।

कपिलवस्तु पार्टीको दोस्रो पूर्ण वैठकमा वोल्दै नेता मेटमणि चौधरीले वाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेको पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह पछि वनेको. पार्टी भएको वताए ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिस्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेको छ ।

माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको थियो उनले भने ।

केपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेपछि वाध्य भएर कम्युनिस्ट आन्दोलन वचाउन विद्रोह गर्नुपरेको वताए ।
एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलो पार्टी वन्ने आधार तयार भएको वताए ।

वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको भन्दै उनले हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार चलाउँछौ भनेर मत मागेकोमा बहुमत दिएका नेपालीहरुलाई अवपनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छौं भनेर वली कम्पनी निर्वाचनमा जालान त उनले भने ।
अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैन उनले भने । कपिलवस्तु जिल्ला वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र वहादुर खत्री , केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ,जिल्ला अध्यक्ष लकां वहादुर हमाल लगायत वोलेको पार्टी जिल्ला प्रचार विभाग प्रमुख विकास वन्जाडेले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *