‘प्रतिगमन’ विरुद्व नौमति बाजा सहित प्रदर्शन

 ग्लोबल टिभि           0

काठमाण्डौं । संविधानको मर्म र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा बिघटन गरि ‘प्रतिगामी ’ कमद चालेको भन्दै नागरिक अगुवा, कलाकार, पेशाकर्मी , मानवअिधकारकर्मी सडकमा छन् ।
उनीहरुले सप्ताहब्यापी विरोधको कार्यक्रम जारी राखेका छन् । यसै क्रममा बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।

संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने घोषणा गरेको बृहत नागरिक आन्दोलनले शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ ।

नागरिक आन्दोलनले १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गर्ने भएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *