नेतृत्व चयन गर्दा ध्यान पुर्याउन प्रकाशमान सिंहको आग्रह

 ग्लोबल टिभि      बिहिबार, मंसिर १६, २०७८      0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

मकवानपुरको हेटौडामा आयोजित बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन आग्रह गरेका हुन् ।

‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने नेता सिंहले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ ।

नेतृत्व चयन गर्दा तपाईंहरुले ध्यान दिनु पर्दछ।’ उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए । ‘संविधान जारी गरी जनतामा जाँदा दुईतिहाइ त कांग्रेसले पाउनु पर्ने हो । तर, कम्युनिस्टहरुले प्राप्त गरे,’ उनले भने
संविधान जारी कांग्रेसले गरेको र संविधान संस्थागत तथा लागु गर्ने जिम्मेवारी पनि कांग्रेस कै भएको सिंहको भनाइ थियो । जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको पनि उनले बताए ।
सिंहले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिरसमेत गरे। कम्युनिस्टहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको सिंहकोे आरोप छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *