एकिकृत समाजबादी निकट अनेरास्ववियू प्युठानको अध्यक्षमा झाँक्री

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू प्युठानको अध्यक्षमा मिनराज झाँक्री मगर चयन भएका छन् ।

शुक्रवार जुम्रीस्थित होटल आयुस्माको सभा हलमा सम्पन्न अनेरास्ववियूको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाबाट झाक्रीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीमा उमेश घर्ती मगर, निशा घर्तीमगर उपाध्यक्ष, अजय सुनार सचिव, दिपाल मल्ल सहसचिव, गौसरी घर्ती मगर कोषाध्यक्ष लगायत अन्य सदस्यहरु चयन भएका छन् । भेलामा अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्य भरतजंग रायमाझीले जिल्लामा शसक्त ढङ्गले विद्यार्थी आन्दोलनलाई अगाडी बढाउन र पार्टीको पक्षमा दरिलो रुपमा उभिन आग्रह गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *