युवासंघ प्युठानको अध्यक्षमा पुन चयन

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

नेकपा (एकिकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल प्युठानको अध्यक्षमा नन्धन पुन मगर चयन भएका छन ।
बिहिबार जुम्रीमा भएको संघको जिल्ला भेलाले पुनको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।संघको उपाध्यक्षमा सुस्मिता मल्ल,शिव घर्ती मगर र पुरन पुन मगर चयन भएका छन् भने सचिवमा चक्र बहादुर रानामगर चुनिएका छन् ।

त्यस्तै, सहसचिवमा कमल सिंह सुनार,बिकास पुन मगर ,कोषाध्यक्षमा धनि झाक्रि मगरलाई चयन गरिएको जनाईएको छ ।
भेलामा युवा संघका केन्द्रीय सचिबालय सदस्य एवं प्युठान जिल्ला ईन्चार्ज झबिलाल राहुँ मगरले संगठन भित्रको गतिबिधिका बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए ।

भेलामा युवा संघ नेपालको केन्द्रिय सदस्य आकास भुसालले युवाहरुलाई एकीकृत समाजबादीमा ल्याउन संघ लाग्नुपर्ने र अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *