मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्छ-प्रधानमन्त्री देउवा

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्ने वताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले त्यस्तो वताएका हुन् ।
अबको केही महीनामै स्थानीय तहको चुनाव हुने भन्दै देउवाले स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ उनले भने, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रित हुनुपर्छ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *