दश बुँदेका १० भाइको १० औं महाँधिवेशनमा हरीविजोग-कुँवर

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १७, २०७८      0

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य, सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले दश बुँदे सम्झौता गर्ने १० भाईको एमालेको चितवन महाधिवेशनमा हरीविजोग भएको वताएका छन् ।

पन्चदेवल विनायक नगर संगठन कमिटी प्रथम भेलालाई संवोधन गर्दै उनले केपीशर्मा ओलीले दासत्व स्विकार गर्ने व्यक्तिलाई मात्रै पार्टीमा स्थान दिएको धारणा व्यक्त गरे । अव सच्चा कम्युनिष्ट व्यक्ति ढिलो चाँडो समाजवादी पार्टीमा आउने पनि जिकिर गरे ।

भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले एकताको नाममा भिम रावलले केपि शर्माको गलत कदमलाई समर्थन गरेका कारण रावललाई साथ नदिएको बताए ।

रावलले सुरुमा जुनबाटो देखाएका थिए आफू अहिले पनि त्यही बाटोमा रहेको बताउदै रावलले आन्दोलनलाई धोका दिएर ओलिको शरणमा गएको आरोप लगाए ।
कार्यक्रममा केन्द्रिय सदस्य शंकर भण्डारीले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृति विरुद्ध आन्दोलन गर्न लगाउनेहरु अहिले एकताको नाममा केपिको दासत्व स्वीकारेको भन्दै त्यस्ता व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए । उहाँले केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको वताए ।
पन्चदेवल विनायक नगर संगठन कमिटी अध्यक्ष ललित शाहीको अध्यक्षतमा भएको भेलामा जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेर बहादुर साउद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, उपचिव नमराज न्यौपाने, युवा संघका केन्द्रिय सचिवालय सदस्य मोहन साउद, अनेरास्ववियूका अछाम जिल्ला कमिटी अध्यक्ष शंकर विष्ट लगायतले वोलेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *