ग्लोबल टिभि
0
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उमेदवारी दर्ता गराएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमन्डपस्थित पार्टीको निर्वाचन समितिको कार्यालय पुगी उनीहरूहरूले प्यानलसहित उमेदवारी दर्ता गराएका हुन् ।
पार्टीको सदस्य पदमा १४१ जना चुनिनेछन् । हालसम्म सदस्यमा १९६ को उमेदवारी परेको छ । नेता भुवन पाठकले मतदान भने भोलि बिहान हुने जानकारी दिए ।
अध्यक्ष पदका लागि कागजी मतपत्र र अरू पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने भएको जनाइएको छ ।
Post Views: 1,104
Leave a Reply