नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा गर्दै ससंद जोगाउने शक्तिहरु आगामी निर्वाचनसम्म एकै ठाउमा रहने वताएका छन् ।
एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने राष्ट्रिय सभा,स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न निर्देशन दिए ।
निर्वाचनपछि केपी वलीको पार्टी लाईट वालेर खोज्नुपर्ने वताएका छन । केपी वलीले संविधान विपरीत दुईदुई पटक संसदको विघटन गरेपछि अहिले वहुमत नेपाली जनताहरु उनको पार्टीको विपक्षमा रहेकाले आगामी निर्वाचनपछि केपी वलीको पार्टीलाई लाईट वालेर खोज्नुपर्ने अवस्था आउने दावी गरे ।
जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन उनले भने तपाईंहरु पनि भ्रममा नपर्नुस । उनले अस्ति भर्खरै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासगँ कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको वताए ।
केपी वलीको दम्भ,घमण्ड र सर्वसत्तावाद प्रवृत्तिले केन्द्रीय सरकार लगायत सवै प्रदेश सरकार वलीले गुमाएको वताए । उनले संविधान वचाउने गठवन्धनवाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् ।
सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । सुखि नेपाली, समृद्ध नेपाल वनाउने अभियानमा पार्टी लागेकाले सवै नेता कार्यकर्ताहरु यसमा हातेमालो गर्न पुर्वप्रधानमन्त्रि नेपालले निर्देशन दिए ।
पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए ।
मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधान मिच्ने काम भएको भन्दै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि विद्रोह गर्न वाध्य भएको वताए ।
उनले एकीकृत समाजवादी पार्टी नेपालमा कम्युनिस्ट पार्टीहरुको नेतृत्व गर्ने ठुलो पार्टी वन्ने पक्का भएको भन्दै कार्यकर्ताहरुलाइ उत्साहजनक रुपमा गाउँगाउँमा पुगेर पार्टी निर्माणमा जुटन आग्रह गरे ।
Leave a Reply