माधव नेपाल भने-निर्वाचनबाट केपी ओलीको पत्तासाफ सुरु हुन्छ

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

 

बुटवल,मङ्सिर १८गते। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आउने राष्ट्रियसभाको निर्वाचनबाट केपी ओलीको पत्तासाफको यात्रा सुरु हुने दाबी गरेका छन्।

उनले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमति भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयी यात्रा सुरु हुने दाबी गरेका हुन्।
नेकपा एकीकृत समाजवादी अर्घाखाँचीको कार्यकर्ता भेला एवं प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विजयीयात्रा माघ-फागुनमा हुने राष्ट्रियसभाको निर्वाचनबाट सुरु हुने बताउँदै यो गठबन्धन स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म जाने बताए। ‘संविधान जोगाउने शक्तिहरुको सरकार छ, कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँगै छौं,’ अध्यक्ष नेपालले भने ।
उनले केही समयअघि राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिह्नका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिह्नको विजयी यात्रा सुरु भइसकेको बताए ।

उनले दुई-दुई पटक संसदको विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरु उनको पार्टीको विपक्षमा रहेको बताए। उनले गठबन्धन हुने भएपछि आगामी निर्वाचनपछि केपी ओलीको पार्टीलाई लाइट बालेर खोज्‍नुपर्ने अवस्था आउन सक्ने बताए।
जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन,’ उनले भने। उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्।
पार्टी विस्तारै मजबुत हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए। मूलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधान मिच्ने काम भएको भन्दै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि विद्रोह गर्न बाध्य भएको बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *