राप्रपाको मतदान राति १० बजेसम्म

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भइरहेको हो। निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ।

मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भए पनि करिब १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रीय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिए ।

८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताए । निर्वाचनपछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

 

 

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *