एक वर्षभित्र एमाले फेरि सरकारमा -ओली

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0

प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रतासाथ अघि बढाउने आश्वासनसमेत दिए ।

अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको आरोप लगाए । उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *