भारतीय राजदूत विनयमोहन र स्वास्थ्य मन्त्रीबिच भेटवार्ता

 ग्लोवल टि.भी.      बिहिबार, पुस १६, २०७७      0

भारतीय राजदूत विनयमोहन क्वात्राले आज मन्त्रालयमा पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्री त्रिपाठीको सचिवालयले जानकारी दिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *