अनेमसंघ (समाजवादी) पाँचथरको अध्यक्षमा इन्दिरा घिमिरे

 ग्लोबल टिभि      आइतवार, मंसिर १९, २०७८      0

नेकपा (एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ समाजवादीको पाँचथर जिल्ला अध्यक्षमा इन्दिरा घिमिरे धौराली चयन भएकी छन ।

शनिबार पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न भेला पछिको घोषणा कार्यक्रममा घिमिरेको नेतृत्वमा ३५ सदस्यीय अनेमसंघ (समाजवादी) जिल्ला कमिटि घोषणा गरिएको हो ।

कमिटिको उपाध्यक्षमा कुमारी मिश्र,सचिवमा लेन्जु योक्पाङदेन,उपसचिवमा माया भट्टराई र राधिका थापा चयन भएका छन् भने कोषाध्यक्षमा चन्द्र कुमारी तुम्बापो चयन भएको पाँचथरवाट सिमा तुम्वापोले जनाएकी छन ।

नेकपा (एकिकृत समाजवादी) पाँचथरका उपाध्यक्ष प्रेम रिजालको  प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सम्वन्वय समिति पाँचथरका सदश्य तथा पार्टीका सचिवालय सदश्य सन्तोष सेन्चुरी लगायत जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *