आगामी चुनावमा एमाले भन्दा एकीकृत समाजबादी ठूलो दल बन्छ-खतिवडा

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १९, २०७८      0

नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका खतिवडाले आज काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेलालाई सम्बोधन गर्दै  ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गरेका छन् ।

एकीकृत समाजवादीले यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ, तपाईहरू ढुक्कसँग लाग्नुस् । तपाईहरूलाई हामी निराश हुन दिने छैनौँ, सचिब खतिवडाले भने ।

सचिब खतिवडाले आफू एकीकृत समाजवादी पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा प्रतिवध्दता जनाए ।

सचिब खतिवडाले केपी ओलीको पार्टी एमालेलाई ‘नो’ को संज्ञा दिंदै ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् ।

धेरैले मावध कुमार नेपालको एस पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले ‘नो’ पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ । खतिवडाले वताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *