जितपछि लिङ्देनले भने तपाईंहरुको शीर झुक्न दिन्नँ

 ग्लोबल टिभि      आइतवार, मंसिर १९, २०७८      0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् ।

उनले आफूलाई अरु नेता जस्तै रहेछ भन्ने मौका समेत आउन नदिने दावी गरे । ‘अरु नेताजस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन,’ उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने, ‘यो मोरो पनि उस्तै रहेछ भन्न बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ ।

‘ उनले नेतृत्त्व परिवर्तन गर्ने कुरा सामान्य नरहेको बताएका छन् । असफल पुस्तालाई विस्थापित नगरी सुधार हुँदैन भन्ने अन्य दलहरुको नेतृत्त्व राप्रपाले गर्ने उनको भनाइ छ ।
‘ राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो, ” उनले भने । उनले निर्वाचित सबै मिलेर नवीन राप्रपा निर्माणमा लाग्ने पनि बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *