ग्लोबल टिभि
आइतवार, मंसिर १९, २०७८
0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ।
आइतबार आएको मतपरिणाममा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका थिए। तर, प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा थापा उपस्थित छैनन्। पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन्। निर्वाचनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए।
पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्रलाई दोषारोषण गरेका थिए। उनले निर्मल निवासले नाङ्गो हस्तक्षप गरेको भन्दै २०६३ सालदेखि राजसंस्था बोकेको पुरस्कार पाएको बताएका थिए।
Post Views: 715
Leave a Reply