बागमतीमा काँग्रेसको सभापतिमा केसीलाई पछि पार्दै बानियाँको अग्रता

 ग्लोबल टिभि      आइतवार, मंसिर १९, २०७८      0

काठमाडौं ,मङ्सिर १९गते ।
नेपाली काँग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता हुन थालेपछि रोचक प्रतिस्पर्धा भएको हो ।
जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन् । यसअघि केसीले अग्रता लिएका थिए । तर अहिले भने बानियाँ २४ मतले अग्रता कायम गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *