काठमाडौं ,मङ्सिर १९गते ।
बागमती प्रदेशमा इन्द्र बानियाँले बाजि मारेका छन् ।नेपाली काँग्रेस वागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मत गणना सकिएको छ ।शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान भएको थियो ।
निर्वाचनमा प्रदेशको सभापतिमा देउवा पक्षका उम्मेदवारमा इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो ।
नेपाली काङ्ग्रेसका देउवा निकट मानिने नेता डा.प्रकाश शरण महत सभापति इन्द्र बानियाँलाई जिताउनको लागि कम्मर कसेर लागेका हुन् । यथार्थतामा परिश्रम गरेको उपलब्धी आफ्नो प्यानललाई विजय गराएर छोडेको छन् । उसो त यही हिसाबलाई आकलन गर्ने हो भने पनि देउवा पक्ष अबको केन्द्रीय महाधिवेशनमा पनि बलियो देखिने छ।
अर्का पौडेल पक्षधर नेपाली काङ्ग्रेसका प्रदेश सभापति उम्मेदवार बनेका जगदीश्वर नरसिंह केसीलाई विजय बनाउनको लागि काङ्ग्रेसका आफ्नै सहोदर दाजु नेता अर्जुन नरसिंह केसी, युवा नेता गगन थापा तथा सभापति उम्मेदवारका दाबी गरिरहेका नेता प्रकाशमान समेत सक्रिय थिए । तैपनि बलियो पक्षको अगाडि हार बेहोर्नु परेको छ । बागमती प्रदेशमा खसेको कुल मत २०२६मध्ये बानियाँले १०८५मत प्राप्त गरेर विजय हासिल गरेका छन् । अर्का उम्मेदवार जगदिश नर सिह केसी : ९२७ मत प्राप्त गरेका छन् ।यो भनेको महतको पक्ष निकै बलियो समेत देखिएको छ ।
Leave a Reply