प्रचण्ड – नेपाल समुहका ५ सांसद ओली पक्षमा

 ग्लोवल टि.भी.      बिहिबार, पुस १६, २०७७      0

प्रदेश-२ मा प्रचण्ड- नेपाल समुहका पाँच सांसदले प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डलसहित पाँच जना ओली समूहमा लागेका हुन् । धनुषा १ (ख) बाट निर्वाचन मण्डलले प्रदेश सांसदहरु दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर, फुलियादेवी र ज्वालाकुमारी साह ओली पक्षमा आएको दावी गरे ।

तर सिरहा ४ (क) बाट निर्वाचित प्रदेश सांसद दिलीप साहले आफू ओली पक्षमा नगएको प्रतिक्रिया दिए । उनले भने, ‘भविष्यमा के हुन्छ थाहा छैन । तर अहिले म प्रचण्डसँगै छु ।’ अन्यले गुट परिवर्तन गरेको कुरा थाहा नभएको उनको भनाइ छ ।

तत्कालीन माओवादीका नेता तथा पूर्वमन्त्री प्रभु साह ओली पक्षमा लागेपछि प्रदेश(२ का प्रदेश सांसदहरुलाई आफूतिर तानेका हुन् । उनी नेकपाका प्रदेश(२ का संयोजक छन् ।

प्रदेश-२ मा नेकपाका ३१ सांसद छन् । तत्कालीन माओवादीका पाँच सांसद ओली पक्षमा लागे पनि प्रचण्ड–माधव पक्षमै अधिकतर सांसद रहेका छन् । कतिपय तत्कालीन एमालेका सांसद पनि प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *