नेकपा एकिकृत समाजबादीको मदाने काठमाण्डौं सम्पर्क मंच गठन भएको छ । समितिको अध्यक्षमा बिक्रम जिएम चयन भएका छन् । काठमाण्डौमा आयोजित भेलाले ७५ सदस्यीय कार्यसमिती र ११ सदसिय सल्लाहकार समिती सर्वसम्मत बनाएको हो ।
समितीको उपाध्यक्षमा युवराज बिष्ट ,रिता केसि, सचीवमा सिबराज राउत र सहसचिबमा सीता केसी, प्रबीण खड्का, कमल सिंह झाक्री ,अनिल थापा चयन भएका छन् । भने, कोषाध्यक्षमा सुवास पंथी चुनिएका छन् ।
त्यसैगरी मंचको सल्लाहकारहरुमा बिमल भट्टराई, शिशिर भुसाल ,ओम प्रकाश भुसाल ,लेखनाथ भुसाल, राजन थापा टीका कुंवर,चरित्र बिस्ट राम वहादुर जिएम कमल भुसाल, बोमलाल पराजुली कमल पंथी रहनुभएको सहरी बिकास मन्त्री रामकुमारी झाक्रीका स्वकीय सचिब बिमल भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार भेलामा एमाले मदाने काठमाडौं सम्पर्क मंचका ठूलो हिस्सा नेकपा एकीकृत समाजबादिमा समाहित भएको छ। भेलाले मदानेमा नेकपा एकीकृत समाजबादीलाई बलियो पार्टिको रुपमा स्थापित गर्न सहयोग पुग्ने र गोकर्ण बिष्टको क्षेत्रमा आफुहरुले चुनाव जित्ने उनिहरुको बिश्वास छ।
Leave a Reply