कांग्रेस प्रदेश नम्बर १ निर्वाचन- पुनः मतगणना गर्न गुरु घिमिरेको माग

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन् ।

संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताए ।

घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *