संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक – सभापति देउवा

 ग्लोबल टिभि      बिहिबार, पुस १६, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम भएको बताउँदै त्यसकै विरुद्ध देशव्यापी प्रदर्शन गरिएको बताए। ’प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं। यसका विरुद्ध देशव्यापी प्रदर्शन गरेका छौं उनले भने,’जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो।’

प्रधानमन्त्री ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ। मुद्दा अदालतमा विचाराधिन रहेकाले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले तुरुन्तै आन्दोलन नगर्ने देउवाको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *