हामी महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैनौँ-देउवा

सर्वसाधारण जनतालाईलाई दुख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु ख नदिने बताएका हुन् ।

हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ । तर त्यसले जनतालाई दुःख हुन्छ । महामारी फैलिन सक्छ । हामी त्यो पक्षमा छैनौँ उनले भने कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

देउवाले भने, कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशनमा विचल्ली नपार्ने साथै कोरोनाको जोखिम नमोल्ने बताएका छन् ।

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *