घिमिरे पराजित भएपछि मतदान नगरेका कोइरालाले क्षमा मागे

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रदेश १ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् ।

शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् । उनीहरू मतदान स्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।

उनीहरुले मतदान नगरेपछि गुरुराज घिमिरे २ मतले प्रदेश सभापतिमा पराजित भएका थिए घिमिरे पराजित भएपछि कोइरालाले क्षमा मागेका हुन् ।
‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” थियो।

कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *