समाजवादी प्रेस संगठन बाराको अध्यक्षमा अजय साह

 ग्लोबल टिभि           0

समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला शनिवार कलैयामा सम्पन्न भएको छ । भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ ।
संगठनको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन् ।

यसैगरी सदस्यमा अरुण मेहता, विनोद उप्रेती, रवि कुशवाहा, आफरोज अंसारी, भरत घिमिरे, विशेष गौतम, पवन विक, निरजकुमार गुप्ता, रामविनय साह, श्यामल गिरी, बिजय कुमार लगायतका रहेका छन् ।

संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठको अध्यक्षमा भएको भेलामा  नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु चमिना भट्टराई, विभा कार्की, छविलाल उप्रेती, केन्द्रीय सदस्य, बारा जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा, प्रदेश २ का सांसद सीता गुरुङ, संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी, पार्टीका जिल्ला सदस्य धु्रव यादव, रविन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *