नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।
संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पछिल्लो समय मौन छन् । पार्टीभित्र तेस्रो धारका रुपमा चिनिने सिटौला समूहले तल्लो तहका अधिवेशनमा भने संस्थापन समूहसँग गठबन्धन गर्दै आएको छ ।
महाधिवेशन आउन एक साता पनि बाँकी छैन तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैनन् । सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दावी गर्दै आएका छन् ।
Leave a Reply