अनेमसंघ (समाजवादी) रुपन्देहीको अध्यक्षमा सरस्वती पोख्रेल

 ग्लोबल टिभि           0

अनेमसंघ -समाजवादी रुपन्देहीको भेलाले अखिल नेपाल महिला संघ (समाजवादी) रुपन्देहीमा सरस्वती पोख्रेलको अध्यक्षतामा १०१ सदस्यीय कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षद्धयमा सुवर्ण कुँवर, आशा चौधरी, सचिव तुल्सि पोख्रेल खनाल, उपसचिव शारदा पहारी र कोषाध्यक्षमा सिता पोख्रेल चयन भएका छन ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रलक्ष्मी गैरेले महिला मुक्ति र समानताका लागि समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरिन । उनले दुई तिहाई नजिकको सरकारमा हुँदा कम्यूनिष्ट धारलाई छाडेर संसद विघटनमा गएकाले एमालेबाट विद्रोह गर्नुपरेको बताईन ।

भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले कुनै बेला माधव नेपालले केपी ओलीलाई गल्ती गर्दा पनि संरक्षण गरेको स्मरण गर्दै अहिले उल्टो बिषालू सर्प बनेर डसेको टिप्पणी गरे । उनले अहिले आफूहरुको पार्टीमा जोडिनेहरुको संख्या बढ्दै गएकाले आगामि चुनावसम्म देशैभर समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने बताए ।

भेलामा अर्का केन्द्रीय सदस्य तथा रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले संसद विघट गरेर पार्टी र देशलाई ओलीले दुर्घटनामा धकेलेको बेला माधव नेपालहरुले बचाउने काम गरेको बताए । उनले संविधानको रक्षा गर्दै एमालेबाट विद्रोह गर्नुपरेकाले विचार र कम्यूनिष्ट आचरण भएकाहरुले समाजवादी नै रोज्नुपर्ने बताए ।

अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य उमादेवी काफ्लेले महिला समानता र सवैधानिक अधिकार रक्षाका लागि आफूहरु सदैव लडिरहने बताईन । उक्त अवसरमा नेताहरु डोलेन्द्र गहतराज, सरिता श्रीस, चुनबहादुर गुरुङ लगायतले नेकपा एमालेमा केपि ओलीको व्यक्तिवाद र पार्टीमा लागेकाहरुलाई निषेध गरेर सर्वसत्तावाद लागू गरेकाले त्यसलाई चिर्दै विचारको पार्टी बनाउने अभियानमा सामेल हुन आग्रह गरेका हुन ।

अखिल नेपाल महिला संघ, समाजवादी रुपन्देहीको सोमबार बुटवलमा भएको प्रथम भेलामा बोल्दै नेताहरुले जनवर्गिय संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अपिल समेत गरेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *