मिल्यो कर्णाली विवाद, मुख्यमन्त्रीको नयाँ नियुक्ति बदर, मुख्यमन्त्री बिरुद्धको प्रस्ताव फिर्ता

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाण्डौं । नेकपा कर्णाली प्रदेशमा केहि दिन देखिको विवाद सहमतिमा टुँगिएको नेकपाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“ बीच आज बिहानको भेटघाटमा सहमति भएको जनाएको छ । जस अनुसार
कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने रहेका छन् । यसैगरि मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति पनि भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *