साझा उम्मेद्वार टुँगो लगाउन पौडेल समूहको बैठक बस्दै

 ग्लोबल टिभि           0

कांग्रेसको संस्थापन इत्तर पक्षले साझा उम्मेदवार छान्ने विषयमा केन्द्रीय सदस्यसहितको भेला बोलाएको छ । महाधिवेशन सुरु हुन तीन दिनमात्रै बाँकी हुँदा पनि पौडेल समूहबाट सभापतिको उम्मेदवारकै टुंगो लागेको छैन ।
सोमबारको छलफलमा चार नेताबीच सहमति नजुटेपछि नेताहरूले साझा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका हुन् । तर, सबै नेताहरूले एकता र साझा उम्मेदवारीमै जोड दिएका छन् । समूहका सबै केन्द्रीय र नेताहरूसहित दिउँसो एक बजे चाक्सीबारीमा बैठक बस्न लागेको हो ।
पौडेल समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी छ । नेताहरू आफ्नो माहोल बनाउन कसरत गरिरहेका छन् ।
पार्टीभित्रका युवा नेताहरूले मंगलबार बिहान अलग्गै बैठक बसेर साझा उम्मेद्वारको नाम टुंगोमा पुर्याउन दवाव दिएका छन् ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि सभापतिका दाबेदार छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *