एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टी बन्छ-अध्यक्ष नेपाल

 ग्लोबल टिभि           0

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उनले उल्लेख गरे । नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीले सोमबार झापाको दमकमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।’

अध्यक्ष नेपालले ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाए । आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उनले दाबी गरे । उनले अन्य पार्टीले हावादारी गफ मात्रै गर्ने गरेको बताउदै अहिले समाजवादी पार्टीमा जनताको आकर्षण बढिरहेको पनि बताए ।

नेपालले आफ्नो संगठन देशमा ७६ जिल्लामा पुगेको बताउँदै अब हिमालपारिको जिल्ला मनाङमा पनि कमिटी बन्ने बताए। ‘मनाङमा पनि हाम्रो संगठन बनेपछि हामी देशभर जित्दै जानेछौँ’, उनले भने, ‘अब हामी घर घरमा अभियान लिएर जान्छौँ। टोल टोलमा पुग्छौँ। विजय अभियान थाल्छौँ। अब हामी सबैलाई कलम बाँडौँ, अनि कलम चिन्हलाई भोट आउनेछ ।

भेलामा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय अध्यक्ष केशवबहादुर विष्टलगायतले आफ्नो धारणा राखेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *