राष्ट्रिय सभाको बैठक बस्दै

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0

राष्ट्रिय सभाको बैठक आज अपराह्न चार बजे बस्दै छ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो ।

राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन्। अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।

त्यसपछि अधिवेशन प्रारम्भ भएको अवसरमा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची राखिएको छ । अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।

राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *