देउवालाई सभापतिमा जिताउन भन्दै डडेल्धुराका कांग्रेस कार्यकर्ता राजधानीमा

 ग्लोबल टिभि      बुधबार, मंसिर २२, २०७८      0

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः सभापतिमा जिताउन डडेल्धुराका कांग्रेस कार्यकर्ता राजधानी आइपुगेका छन् । यही मंसिर २४ देखि औपचारिकरुपमा शुरु हुने कांग्रेसको १४ महाधिवेशनका लागि उनीहरु राजधानी आइपुगेका हुन् ।

७ औं जिल्ला अधिवेशनबाट सभापति बनेका भीमबहादुर साउँद लगायतका महाधिवेशन प्रतिनिधिहरु राजधानी आइपुगेका छन् । काग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले यस पटकको महाधिवेशनबाट पनि प्रधानमन्त्री देउवालाई पुनः सभापतिमा विजय गराएर मात्रै जिल्ला फर्कने बताए ।

सचिवभण्डारीले यस पटक पनि पुनः शेरबहादुर देउवा सभापति बन्ने पक्का रहेको दाबी गरे । उनका अनुसार डडेल्धुराबाट केन्द्रीय सदस्यमा २ जनाले उमेदवारी दिएका छन। सुदुरपश्चिम प्रदेश सांसद गोबिन्दराज बोहरा र युवा नेता नैनसिंह महर उमेदवार भएका हुन् । त्यसैगरी महासमिति सदस्य सरस्वती खड्काले आफनो एक मात्र उदेश्य बर्तमान पार्टी सभापतिमा शेरबहादुर देउवा लाई पुनः विजय गराउन सहयोग गर्ने बताईन्।

महाधिवेसनका कारण अहिले राजधानी काठमाण्डौ भरिभराउ बनेको छ। पार्टि सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्लाका नेताहरु यस पटक पनि पुनः देउवा सभापति बन्ने कुरामा कुनै दुईमत नभएको बताउाछन्। अहिले कांग्रेसका शीर्षस्थ नेताहरु उमेदवारको टुगों लगाउन कसरतमा जुटेका छन। सभापतीमा देउवा समूहबाट शेरबहादुर देउवाले उमेदवारी दिने भएका छन् भने पौडेल पक्षबाट उमेदवारको टुगों लागी सकेको छैन।

१४ औं माहाधिवेसन काठमाडौमा यहि मंसिर २४ गते उद्घाटन र २५ गते उमेदवार मनोनयन दर्ताको मिति तय भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *