प्रचण्ड र गौतम बिच भेटबार्ता

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग छलफल गरेका छन्।

प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेको सा्रेतले बताएको छ। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।

राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्। नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन्।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका थिए। वामदेवले भने अहिलेसम्म आफ्नो कित्ता क्लियर गरेका छैनन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *