काठमाण्डौं । नेकपा कर्णालीमा देखिएको विवाद मिलेको भनि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहकारले अस्वीकार गरेका छन् ।
सल्लाहकार थापाले कर्णालीका मुख्यमन्त्रीले गरेको प्रम्ुख सचेतक खारेज, मुख्यमन्त्रीप्रतिको अबिश्वास प्रस्ताव खारेज लगायतका सहमति भएको सार्वजनिक गरे लगत्तै प्रचण्डको सचिवालयले उक्त सहमतिको खण्डन गरेको हो ।
हेर्नुस् दुइबटै प्रेस नोट
बालुवाटारको विज्ञप्ति
प्रेस नाेट
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच आज बिहानको भेटघाटमा भएकाे सहमति निम्नानुसार रहेकाे जानकारी गराउन चाहन्छु :
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकाेजस्ताे गरी छलफल र सहमति नभएकाे सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।
सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७
खुमलटारको विज्ञप्ति
प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय
Leave a Reply