सांसद चढेको गाडीमा आगजनी

 ग्लोबल टिभि           0

कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा आगजानी भएको छ । सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ ।

सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ गरेको अवस्थामा राति १० बजे अज्ञात समूहले गाडी जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार गाडीमा एक्कासी आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *