ग्लोबल टिभि
शुक्रबार, पुस १७, २०७७
0
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुखसमक्ष बैठक आह्वान गन सिफारिस गरेको हो।
भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रदेश सभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ।
मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको प्रचण्ड-नेपाल पक्षका नेकपा सांसदको भनाइ छ।
मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका छन्।
Post Views: 967
Leave a Reply