ग्लोबल टिभि
0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ ।
प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।
प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
Post Views: 1,740
Leave a Reply