एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दै

 ग्लोबल टिभि      शनिबार, मंसिर २५, २०७८      0

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक आजबाट सुरु हुँदैछ ।

बैठक जर्मन हाउस गट्ठाघर भक्तपुरमा दिउँसो १ बजे सुरु हुने एमाले पार्टी कार्यालयले जनाएको छ । आजको बैठकमा मनोनीत हुने ३१ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ । एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था छ ।

बैठकमा महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *